Online Nepal शुक्रबार, बैशाख २१ २०८१

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास


मध्यान्तर
  • शनिबार, बैशाख २ २०८०

  • काठमाडौँ । जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ ।

    वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।

    उक्त स्थानमा विष्फोटको ठूलो आवाज पनि सुनिएको थियो। तर सुरक्षाकर्मीले प्रधानमन्त्री काशिदोलाई सुरक्षित उद्धार गरी अन्यत्र लिएर गएका थिए। आक्रमण स्थलमा कुनै क्षति नभएको बताइएको छ।

    प्रहरीले आक्रमणमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। घटनापछि एक प्रहरीले सुरक्षा बढाएर एक व्यक्तिलाई पक्राउ गरी लैजाँदै गरेको दृश्य देखिएको छ।

    प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्री काशिदोको अगाडि धुँवा निस्किरहेको केही पाइपजस्तो वस्तु फ्याँकिएको थियो। प्रहरी तत्काल आक्रमणकारीलाई नियन्त्रणमा लिएको थियो, सार्वजनिक तस्वीरमा तीनजना प्रहरी अधिकारीले संदीघ्द व्यक्तिलाई भुइँमा पछारेर समातिरहेको देखन् सकिन्छ।

    जापानको सुरक्षा निकायले हालसम्म घटनाबारे आधिकारिक केही जानकारी गराएको छैन।

    प्रतिक्रिया
    थप समाचार