Online Nepal सोमबार, बैशाख २४ २०८१

टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने


मध्यान्तर
  • आइतबार, असार १० २०८०

  • काठमाडौँ । नेपाल टेलिकमले मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र रूपमा गरिरहेको छ । यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात् फेरि १ डायल गरी )  मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

    सोमबारदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरूले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरूमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार