Online Nepal सोमबार, बैशाख २४ २०८१

भारतको ओडिसामा बस दुर्घटना , ११ जनाको मृत्यु

भारतको ओडिसामा बस दुर्घटना , ११ जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, असार ११ २०८०

  • काठमाडौं । भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।

    ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो । मृतकहरु निजी बसमा सवारहरु रहेको बताइएको छ । ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।

    सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गए राति बस दुर्घटना भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार