Online Nepal सोमबार, बैशाख २४ २०८१

एनसेलको नयाँ सेन्टर लहानमा

एनसेलको नयाँ सेन्टर लहानमा


मध्यान्तर
  • शुक्रबार, असार १५ २०८०

  • काठमाडौं । एनसेल आजियाटा लिमिटेडले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।

    ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यसहित उक्त सेन्टर सञ्चालनमा ल्याएको बताइएको छ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरे।

    शुक्रबारदेखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनीले बताएको छ।

    आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरूप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन्।

    यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इ–सिममा अपग्रेड गर्न, सियुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरू गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन्।

    ‘हाम्रो मुख्य उद्देश्य भनेको आफ्ना ग्राहकहरूलाई सेवामार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो।’ जाब्बोरले भने ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम सञ्चालनमा ल्याइएको हो।’

    हप्ताको सातै दिन बिहान ९ बजे देखि ५स्३० बजेसम्म यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ।

    यस अघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।

    एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ।

    प्रतिक्रिया
    थप समाचार