Online Nepal सोमबार, बैशाख २४ २०८१

क्लासिक टेकको वार्षिक रिचार्जमा बोनसका र क्यासब्याकसँग टिभी जित्ने मौका

क्लासिक टेकको वार्षिक रिचार्जमा बोनसका र क्यासब्याकसँग टिभी जित्ने मौका


मध्यान्तर
  • मंगलबार, असार २६ २०८०

  • काठमाडौँ । क्लास्सिक टेकले आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको टेकयोन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर असार २१ गतेदेखि लागु गरिएको हो ।

    अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ। यस अफरको क्रममा नेपालपे क्यूआरमार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा रु १०० सम्म क्यासब्याक (प्रति दिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् । तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्रमार्फत ३२ इन्च टिभी जित्ने मौका पाउनेछन्।

     

    प्रतिक्रिया
    थप समाचार