Online Nepal सोमबार, बैशाख १७ २०८१

सिंगापुरका यातायातमन्त्री पक्राउ

सिंगापुरका यातायातमन्त्री पक्राउ


मध्यान्तर
  • शनिबार, असार ३० २०८०

  • काठमाडौं । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटेल व्यवसायी एक अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

    यातायातमन्त्री एस. ईश्वरनलाई गएको मंगलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ ।

    सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गएको मंगलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्युरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

    ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले यातायातमन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

    विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिंगापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ ।

    प्रतिक्रिया
    थप समाचार