Online Nepal सोमबार, बैशाख २४ २०८१

एनसेलको आकर्षक ‘कम्बो प्याक’ सार्वजनिक

एनसेलको आकर्षक ‘कम्बो प्याक’ सार्वजनिक


मध्यान्तर
  • आइतबार, साउन ७ २०८०

  • काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ ।

    अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित ९९८ रुपैयाँमा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स३ह्यास डायल गरी सजिलै यो प्याक लिन सक्नेछन् ।

    त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरहरुमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकहरुले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित मात्र ७९८ रुपैयाँ लिन सक्छन् । यो प्याक एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स २ ह्यास डायल गरी लिन सकिन्छ ।

    यी दुवै कम्बो प्याकको समयवधि २८ दिन रहेको छ ।

    अनलिमिटेड भ्वाइस कलसहित डेटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकहरुले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझै सुलभ दरमा अफ नेट, अन नेट भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।

    प्रतिक्रिया
    थप समाचार