Online Nepal सोमबार, बैशाख २४ २०८१

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफलतापूर्वक सम्पन्न

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सफलतापूर्वक सम्पन्न


मध्यान्तर
  • आइतबार, साउन ७ २०८०

  • काठमाडौँ । खल्तीको वार्षिक अफर, ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार गते सफलतापूर्वक सम्पन्न भएको छ।

    यस करोडौँको अफरमा प्रमुख उपहारहरूमा छ वटा पल्सर एन १६०, २ वटा आईफोन १४, वानप्लस ११, डाइमण्ड रिंग तथा अन्य उपहारहरु समावेश थियो। यस बाहेक प्रयोगकर्ताहरूले प्रत्येक भुक्तानी पछि स्क्र्याच कार्डहरू प्राप्त गरेका थिए र प्रत्येक दिन भर्चुअल खुत्रुके जसबाट स्मार्टवाचहरू, इयरबडहरू, चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो ।

    पाँच वटा पल्सर बाइकका विजेताहरू यस अफर अवधि भरि फेसबुक लाइभ मार्फत घोषणा भइसकेको छ । यसका विजेताहरू बिटु साह कल्वार (राउण्ड १), प्रदिप धिताल (राउण्ड २), लक्ष्मण डेली स्टोर (राउण्ड ३), नरेन्द्र महर्जन (राउण्ड ४) र निहाल आयुरवेदिक फार्मा (बोनस राउण्ड) रहेका छन्। अन्तिम लाइभमा २ वटा पल्सर १६० – राउन्ड ४ र बोनस राउन्डका विजेताहरूको साथै अरू बम्पर उपहारका भाग्यशाली विजेता घोषणा भएका थिए ।

    यसैबीच यो २ महिनाको अवधिमा अन्य उपहार र कुपनहरू, जस्तैः स्क्र्याच कार्ड मार्फत २ करोड ९० लाख भन्दा बढी र खुत्रुके मार्फत ५ करोड ३० हजार भन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार