Online Nepal सोमबार, बैशाख २४ २०८१

बेइजिङमा बाढीमा परि अहिलेसम्म २० को मृत्यु, १९ जना बेपत्ता

बेइजिङमा बाढीमा परि अहिलेसम्म २० को मृत्यु, १९ जना बेपत्ता


मध्यान्तर
  • बुधबार, साउन १७ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

    केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ ।

    सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ । यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै, उनीहरूलाई सामग्री पुर्‍याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।

    चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौं मानिस प्रभावित भएका छन् । उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ ।

    राजधानी बेइजिङमा सडकहरु खोला जस्तै देखिन थालेका छन् । ग्लोबल टाइम्सले मंगलबार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य व्यापक रुपमा भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार