Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहको मिसाइल आक्रमण

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहको मिसाइल आक्रमण


मध्यान्तर
  • बुधबार, असोज २४ २०८०

  • काठमाडौं । इजरायलले हमास नियन्त्रित गाजामा आक्रमण थालेसँगै लेवनानको हेजबुल्ला समूहले पनि इजरायलमाथि आक्रमण थालेको छ। लेवनानको मिलिसिया समूह हेजबुल्लाले इजरायल सीमा क्षेत्र रहेको सैन्य पोस्टमा दुई वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ।

    इजरायल सेनाले लेवनानको भू–भागमा पनि आक्रमण सुरु गरिएको घोषणा गरेको छ। इजरायलको प्रतिआक्रमणमा परी हेजबुल्लाका तीन जना मारिएका छन्।

    इजरायली सेनाले लेवनानको धायरको क्षेत्रमा पनि बम खसाल्न सुरु गरेको र यारिन क्षेत्रमा फोस्फेरससहितको मिसाइल छाडेको लेवनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

    गत शनिबारदेखि हमास समूहले इजरायलमा आक्रमण थालेपछि मध्यपूर्वमा तनावमा बढेको हो। इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको समेत मृत्यु भएको छ।

    प्रतिक्रिया
    थप समाचार