Online Nepal मंगलबार, बैशाख २५ २०८१

सुनको भाउमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?


मध्यान्तर
  • बुधबार, मंसिर १३ २०८०

  • फाइल तस्बिर

    काठमाडौँ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भई भएको थियो । मंगलबारको तुलनामा आजको मूल्य १ हजार ६०० रुपैयाँले बढी हो ।

    त्यस्तै बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार तोलाको १५०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार