Online Nepal आइतबार, बैशाख २३ २०८१

उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाह विरुद्धको मुद्दा ब्युँतियो

उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाह विरुद्धको मुद्दा ब्युँतियो


मध्यान्तर
  • शनिबार, मंसिर ३० २०८०

  • काठमाडौं । गत फागुनमा नाबालिग बलात्कार प्रकरणमा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पल शाह  विरुद्धको मुद्दा ब्युँतिएको छ।

    उच्च अदालत पोखराले गरेको फैसला त्रुटिपूर्ण देखिएको दाबी गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अभिनेता पलविरुद्धको मुद्दा दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो।

    उच्च अदालत पोखराका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले २०७९ फागुन ४ गते बलात्कार मुद्दामा पल शाहलाई सफाइ दिएको थियो ।

    उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा मुद्दा दोहोर्‍याएर हेरी पाऊँ भनी निवेदन दिएको थियो।

    उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालतको फैसला परीक्षण गर्ने अनुमति दिएको हो।

     

    प्रतिक्रिया
    थप समाचार