Online Nepal आइतबार, बैशाख २३ २०८१

नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न

नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न


मध्यान्तर
  • बिहिबार, माघ १८ २०८०

  • काठमाडौँ । कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।

    कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियोे ।

    उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्र्तक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पू¥याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताए ।

    कार्यक्रमका सहभागि हरुलाई धन्यवाद ज्ञापन गर्नुृहुँदै बजार विभाग प्रमुख विवेक शर्माज्यूले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउनका लागि अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए ।

    एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले संचालन गर्नुभएको सो कार्यक्रमका सहभागि अभिकर्ताहरुले नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार