Online Nepal आइतबार, बैशाख २३ २०८१

सूर्यज्योति लाइफको नाफा ६२.९२ प्रतिशतले वृद्धि

सूर्यज्योति लाइफको नाफा ६२.९२ प्रतिशतले वृद्धि


मध्यान्तर
  • सोमबार, माघ २२ २०८०

  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा बढेको छ । यसअवधिमा नाफा ६२.९३ पैतिशतले बढेर २३ करोड ६६ लाख रुपैयाँ कायम भएको छ ।

    गत वर्षको यसैअवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा लगानी र कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद बिमा शुल्क आर्जन ६३.५९ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

    यसले पनि नाफा बढाउन सहयोग पुर्याएको हो । कुल आम्दानी ७०.०१ प्रतिशत बढेर ५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल यसको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ०२ पैसाले बढेर १० रुपैयाँ ४१ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा छ ।

    प्रतिक्रिया
    थप समाचार