Online Nepal शुक्रबार, बैशाख २१ २०८१
मनोरञ्जन

अनु र श्रीदेवको रोमान्स भिडियो सहित

अनु र श्रीदेवको रोमान्स भिडियो सहित

गीत संगीतलाई सुन्नको लागी मात्र हैन हेर्न पनि अनिवार्य हुन थालिसकेको छ


मध्यान्तर
  • बुधबार, असोज ३ २०७५

  • काठमाडौं – पछिल्लो समयमा गीत संगीतलाई सुन्नको लागी मात्र हैन हेर्न पनि अनिवार्य हुन थालिसकेको छ यसर्थ म्युजिक भिडियोहरुको निर्माणको बाढी नै चलेको छ । जति गीत रेकर्ड हुन्छन्, ती गीतको म्युजिक भिडियो नबन्ने हो भने स्रोताले कुन गीत बजारमा आयो भन्ने थाहा थाहा पाउन मुस्किल छ।

    गत सोमबार यूटुद्यव मार्फत ढुकढुकी मनमा आँधी वोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ, जुन गीतमा अभिनेता श्रीदेव भट्टराईले नायिका अनु शाहसँग सिन रोमान्स गरेका छन् ।

     

    इन्दिरा भट्टराईको स्वर, शान्ति प्रियको शब्द र सन्तोष श्रेष्ठको संगीतमा तयार भएको ‘ढुक्ढुकी मनमा आँधी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काजिस श्रेष्ठले भिडियोलाई निर्देशन गरेका छन् भने सम्पादन दिपक विष्टको रहेकोछ । उक्त म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार