Online Nepal आइतबार, बैशाख २३ २०८१

भ्यालेन्टाइन उपहारः रेडमी के२० प्रो खरिदमा आकर्षक छुट

भ्यालेन्टाइन उपहारः रेडमी के२० प्रो खरिदमा आकर्षक छुट


मध्यान्तर संवाददाता
  • बिहिबार, माघ २३ २०७६

  • काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक छुट योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के२० प्रो मा ३ हजार रुपैंयाँको भारी छुटको घोषणा गरेको छ जसलाई अब रु ४६,९९९ मा खरिद गर्न सकिन्छ ।

    शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ । उपहारका लागि स्मार्टफोनहरु रोजाइमा पर्ने क्रम बढिरहेको भन्दै कम्पनीले प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुने जनाएको छ । भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन रु ४९,९९९ मूल्यको रेडमी के २० प्रो अब रु ४६,९९९ मा ८जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ । यो अफरहरु सबै अफलाइन स्टोर, डराज डट कम डट एनपी र सस्तोडिल डट कम मा उपलब्ध हुनेछ । प्रयोगकर्ताहरुले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन् ।

    शाओमीका नेपाल, कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “शाओमीले एमआई फ्यानहरुबाट धेरै माया पाएको छ र हामी यो भ्यालेन्टाइन दिवसमा केहि माया उनीहरुलाई फिर्ता गर्न पाउँदा निकै उत्साहित छौं । नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ जसले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । हामी रेडमी के२० प्रो को खरिदमा नेपालका सम्पूर्ण एमआई फ्यानहरुलाई विशेष अफर प्रदान गर्न पाउँदा खुशी छौं र उनीहरुलाई भ्यालेन्टाइन दिवसको हार्दिक शुभकामना प्रदान गर्दछौं ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार