Online Nepal सोमबार, बैशाख १७ २०८१

पछिल्लो २४ घण्टामा देशैभर ९७९ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या १६२५९ जना

पछिल्लो २४ घण्टामा देशैभर ९७९ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या १६२५९ जना


मध्यान्तर संवाददाता
  • सोमबार, भाद्र २२ २०७७

  • काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा ९७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले को सोमबारको नियमित प्रेस ब्रिफिङमार्फ आजको संख्यासहित कुल ४७ हजार २३६ जना संक्रमित पुगेको जानकारी दिएका छन् ।

    यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । त्यसैगरी ३० हजार ६७७ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ रहेका छन् ।

    आज ९,२१८ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्म ७ लाख ७७ हजार ५६३ जनाको पीसीआर परीक्षण भएको छ ।
    यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।

    प्रतिक्रिया
    थप समाचार