Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते देखि आईपीओ निष्काशन गर्ने

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते देखि आईपीओ निष्काशन गर्ने


मध्यान्तर
  • शनिबार, मंसिर २० २०७७

  • काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

    सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो  सो आइपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्। इक्रा नेपालले इन्स्योरेन्सको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ।

     

    प्रतिक्रिया
    थप समाचार