Online Nepal शनिबार, बैशाख २९ २०८१

सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशन

सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्देशन


मध्यान्तर
  • बिहिबार, पुष २ २०७७

  • काठमाडौं । संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

    समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिनभित्र भुक्तानी गराउने काम सम्पन्न गरी सोको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिए । उनले भने, ‘उखु कृषकहरुको भुक्तानी ७ दिनभित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउने ।’

    यस्तै समितिको बैठकले देशभरका श्रमिकहरुले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेश गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । उखु किसानहरु आफ्नो उखुको भुत्तानी नपाएर बिगत केही दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका छन् ।

    प्रतिक्रिया
    थप समाचार