काठमाडौँ । छोरी पाएकै कारण घर छोडेर हिड्नु भएको थियो रे बाबा त्यो समयमा आजकल सुनाउदा नसुन्ने झैँ हुनु भएको छ। सायद समय सगै समाजमा भएको परिवर्तनको कारणले होला। म छोरी हु तर कमजोरी होइन। परिवर्तन के खोज्छौ हामी। कपाल बाटेर हिड्ने हामी आजकल कपाल केटाले झैँ काटेर हिड्ने भयौं। शरीर ढाकेर हिड्ने हामी आजकल शरीरमा केही वस्त्रले ढाकेर हिड्ने भयौं।
कोही अपरिचित ब्यक्तिसग बोल्न लजाउने हामी आजकल खुल्लम खुल्ला बोल्न सक्ने भयौं। शिर देखि पाउसम्म सबै चिज छोराकै लगाएर हिड्न सक्ने भएका हामी अझै अधिकार माग्दै हिड्छौ। खै त उनिहरुले हाम्रो के चिज लगाएका छन्। हामीले कहिले देखियो त पुरुषहरुले स्कट लगाएर हिडेको। हामीले त उनीहरुको पाइन्ट देखि हाप्फ पाइन्ट सम्म लगाएर हिडेका छौँ।
खै उनीहरुले अधिकार मागेका छैन त। mर पनि आत्मासाथ हामी भन्दा अगाडि बढेका छन् । म छोरी भएकै कारण अझै पछि छु भन्नू हामीहरुले बालुवामा पानी खन्याउनु जस्तै हो। परिवर्तन हामी आफैं गरौं। एउटै घरमा भएका सासू ,बुहारी बिच आमा,छोरीको सम्बन्ध बनाउ।नन्द,आमाजु ,भाउजू बिच दिदी बहिनीको सम्बन्ध बनाउ। विद्यालयमा बिज्ञान बिषय पढाउने सरका छोरीछोरी भएकै कारण रातदिन श्रीमतीले पिटाइ खादा सरलाई हामी महिलाहरुमा क्रोमोजोम हुन्छ,भन्न सक्ने हौं।
आमाले महिनावारी भएको समयमा छाउगोठ पठाउदा यो प्रकृतिको नियम हो,महिनावारी नभए कसरी यो धर्तीमा हामी मानवको जन्म हुन्छ,भन्न सक्ने हौं।समाजमा त छोरी होस केहि गर्न सक्दिनस भन्नेहरुका लागी छोरी भएर यहि समाजमा केही गर्छु,भन्ने हौं।समाउ हातहरु बढाउ साथहरु लागौं आ आफ्नो ठाउँबाट परिवर्तन सम्भब छ।
इस्मिता थापा,खोटाङ