Online Nepal आइतबार, बैशाख १६ २०८१

कांग्रेसले आजदेखि भदौ २६ सम्म बिपी साहित्य महोत्सव गर्दै

कांग्रेसले आजदेखि भदौ २६ सम्म बिपी साहित्य महोत्सव गर्दै


मध्यान्तर
  • आइतबार, भाद्र २४ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसले आजदेखि भदौ २६ सम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दै छ ।

    पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म साहित्य महोत्सव गर्न लागेको हो ।
    कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाट बिहान ९ बजे महोत्सवको उद्घाटन गरिने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बीपी जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बीपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बीपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ ।

    तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बताए ।

     

     

    प्रतिक्रिया
    थप समाचार