Online Nepal मंगलबार, बैशाख १८ २०८१

अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिका लगायतको देशमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


मध्यान्तर
  • बिहिबार, पुष १४ २०७९

  • काठमाडौं। प्रहरीले अमेरिकालगायतको देशमा पठाइदिन्छु भन्दै १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर महानगरपालिका(१ कुपण्डोल घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका(८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापा रहेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको लैनचौरबाट बुधबार पक्राउ गरेको हो ।

    थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप छ ।

    प्रतिक्रिया
    थप समाचार