Online Nepal शनिबार, बैशाख २२ २०८१

दुगड समूहको नयाँ उत्पादन ‘ज्ञान भूजा’ नेपाली बजारमा

दुगड समूहको नयाँ उत्पादन ‘ज्ञान भूजा’ नेपाली बजारमा


मध्यान्तर
  • शुक्रबार, पुष ४ २०७६

  • काठमाडौं । के.एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ‘ज्ञान भूजा’ नेपाली बजारमा ल्याएको छ । के.एल. दुगड समूह अन्तर्गतको विकास फ्लोर मिल प्रा.लिबाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ । ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ ।

    वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्ता माझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ । उत्कृष्ट खाद्य पदार्थ उत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरु मध्ये विकास फ्लोर मिल प्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ ।

    ज्ञान भूजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ । विकास फ्लोर मिल प्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार