Online Nepal शनिबार, बैशाख २२ २०८१

वेस्टर्न युनियनको “बम्पर लक्की ड्र” विजेता घोषणा

वेस्टर्न युनियनको “बम्पर लक्की ड्र” विजेता घोषणा


मध्यान्तर संवाददाता
  • सोमबार, माघ २७ २०७६

  • काठमाडौं । क्रस बोर्डर र क्रस करेन्सी कारोबार र भुक्तानीको अग्रणी वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत “बम्पर लक्की ड्र” को विजेता घोषणा गरेको छ । एक कार्यक्रमकाबीच महेन्द्र कुमार लामालाई माघ ५ गते विजेता घोषणा गरि रु १० लाख प्रदान गरिएको छ ।

    यो प्रबद्र्धन दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको थियो जहाँ ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए । प्रबद्र्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्र मा समावेश गरिएको वेस्टर्न युनियनल जनाएको छ ।

    यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्ने शर्त राखिएको थियो ।

    लक्की ड्र विजेता घोषणा पश्चात वेस्टन युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भने– ‘म यो उपभोक्ता प्रबद्र्धनका सम्पूर्ण विजेताहरुलाई बधाई दिन चाहन्छु । म सबै ग्राहकहरुप्रति आभारी छु जसले आफुले कडा मिहेनत गरेर कमाएको पैसा आफ्ना नेपालमा रहेको परिवारसम्म पुर्याउन वेस्टन युनियनमा विश्वास राख्दछन् । यहि विश्वासले हामी र हाम्रा एजेन्टहरुलाई विभिन्न ग्राहकहरुको आवश्यकतालाई पूरा गर्न निरन्तर समाधान प्रदान गर्न प्रत्सोहान गर्दछ ।’

    प्रतिक्रिया
    थप समाचार