Online Nepal आइतबार, बैशाख १६ २०८१

  युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवनदीप म्यादी बिमा योजना सार्वजनिक

  युनियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवनदीप म्यादी बिमा योजना सार्वजनिक


मध्यान्तर
  • बुधबार, भाद्र २४ २०७७

  • काठमाडौं ।  युनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवनदीप बिमा योजना नामक नयाँ म्यादी जीवन बिमा योजना ल्याएको  छ ।

    कम  बिमा शुल्कमा अधिक बिमांकको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बिमा योजना ल्याइएको कम्पनीले जनाएको छ । थोरै  बिमा शुल्कमा अधिक लाभ लिन सकिने जीवनदीप म्यादी जीवन बिमा योजना उत्कृष्ट र सस्तो प्रकारको रहेकाले न्यून आय भएका वर्गका मानिसहरुले पनि सहजै बिमा गर्न सक्ने अवस्था भएको कम्पनीले जनाएको छ ।

    यो बिमा योजनाअन्तर्गत प्राकृतिक रुपमा बिमा गर्नेको मृत्यु भएमा बिमांक रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बिमांक र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बिमालेखको अवधिसम्म बिमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधासमेत उपलब्ध गराइने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।व्यक्तिगत तथा संस्थागत रुपमा समेत बिमा गर्ने सुविधा रहेको योजनाअन्तर्गत न्यूनतम ३ लाख रुपैयाँ बिमांक र अधिकतम् आयस्रोतका आधारमा आवश्यकताअनुसार बिमांक निर्धारण गरी योजनामा सहभागी हुन सक्ने सुविधा छ । यो योजना १६ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरुले ५ वर्षदेखि २५ वर्षसम्मका लागि लिन पाउनेछन् । वार्षिक रुपमा बिमा शुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त योजनामा बिमा गर्न चाहनेका लागि उपयुक्त योजना भएको कम्पनीले जनाएको छ ।

    यो योजना विशेषगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ-संस्था, कलेज, स्कुल, असंगठित क्षेत्रलगायत व्यक्तिहरुका लागि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार