Online Nepal शनिबार, बैशाख २२ २०८१

आइएमई पे’ले दसैँको अवसरमा गरिने किनमेलमा ३०प्रतिशत क्यास ब्याक दिने

आइएमई पे’ले दसैँको अवसरमा गरिने किनमेलमा ३०प्रतिशत क्यास ब्याक दिने


मध्यान्तर
  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित  ‘आइएमई पे’ले दसैँको अवसरमा गरिने किनमेलमा क्यास ब्याक दिने भएको छ । कम्पनीले आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर ल्याएको हो ।

    किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अर्गानिक, सोचेको डट कम र नेपमेड्सका आउटलेटबाट बिक्री हुने औषधि, तरकारी, फलफूल र लत्ताकपडा खरिदको भुक्तानीमा यो अफर लागू हुने जनाइएको छ । यो अफर कात्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको छ ।

    यो अफरले कोरोना भाइरसको बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कताअन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न उपभोक्तालाई सहज हुने विश्वास लिएको कम्पनीको भनाइ रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार