Online Nepal शनिबार, बैशाख २२ २०८१

युएईबाट रेमिट्यान्स पठाउनेलाई लक्ष्मी बैंकबाट विनाधितो दुई लाखसम्म ऋण

युएईबाट रेमिट्यान्स पठाउनेलाई लक्ष्मी बैंकबाट विनाधितो दुई लाखसम्म ऋण


मध्यान्तर
  • बुधबार, बैशाख ११ २०७६

  • काठमाडौं । युनाइटेड अरव इमिरेट्स ‘युएई’बाट रेमिट्यान्स पठाउनेले लक्ष्मी बैंकबाट विनाधितो दुई लाख रुपैयाँसम्मको कर्जा उपलब्ध हुने भएको छ । युएईको अल फर्दान एक्सचेन्ज मार्फत नेपालमा रेमिट्यान्स पठाउँदा उनीहरुका परिवारले दुई वर्षका २ लाख रुपैयाँसम्म कर्जा पाउने भएका हुन् ।

    संयुक्त राष्ट्र संघ पूँजी विकास कोष ‘युएनसिडिएफ’ले ब्लकचेन टेक्नोलोजी मार्फत यो सुविधा प्रदान गर्ने भएको हो । ब्लकचेन टेक्नोलोजीले रेमिट्यान्स र बैंकबीच पुलको काम गर्नेछ। यो टेक्नोलोजीमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो व्यक्तिगत विवरण ‘केवाइसी’ भर्न सक्नेछन् ।

    यही प्रणाली अनुसार नेपालमा रेमिट्यान्स प्राप्त गर्नेको परिवारले पनि व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । ब्लकचेनमार्फत वैदेशिक रोजगारमा गएकाले आफ्नो परिवारले लिएको कर्जा र किस्ताका बारेमा जानकारी पाउनेछन् । युएनसिडिएफले रेमिट्यान्सलाई कर्जा प्राप्तीको माध्यम बनाउन सहजीकरणको भुमिका निर्वाह गरेको हो ।

    अल फर्दान एक्सचेन्ज युएईको दोस्रो ठूलो रेमिट्यान्स सेवा प्रदायक संस्था हो । युएईमा मात्रै यो ७० वटा शाखा कार्यालय रहेको छ भने संसारभर १४० वटा करेस्पोण्डेन्ट छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले नेपालमा पहिलो पटक रेमिट्यान्स पठाउनेलाई कर्जा दिने अवधारणा पहिलो पटक नेपालमा सुरु भएको बताए ।

    प्रतिक्रिया
    थप समाचार