Online Nepal शनिबार, बैशाख २२ २०८१

विद्युतीय बस खरीद गर्न साझाको खातामा ३ अर्ब

विद्युतीय बस खरीद गर्न साझाको खातामा ३ अर्ब


मध्यान्तर
  • बिहिबार, साउन २ २०७६

  • काठमाडौं । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए ।

    विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुटयाएको थियो । संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ ।

    गत महिना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैंले साढे दुई करोड गरेर ४५ करोडमा बस खरीद गर्ने सम्झौता भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार