काठमाडौं । सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटल अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने ७ प्रतिशत प्रतिफल घोषणा गरेको छ। योजना व्यवस्थापक सनराइज क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले इकाइधनीहरुलाई ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।