Online Nepal शनिबार, बैशाख २२ २०८१

ईक्यानको १३ औं संस्करणको बृहत शैक्षिक मेला यहि असार २६ देखि २९ गतेसम्म

ईक्यानको १३ औं संस्करणको बृहत शैक्षिक मेला यहि असार २६ देखि २९ गतेसम्म


मध्यान्तर
  • सोमबार, असार २ २०७६

  • काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परा लाई निरन्तरता दिदै यस बर्ष १३ औं संस्करणको शैक्षिक मेलालाई भब्यताका साथ आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भैसकेको नेपाल शैक्षिक परामर्श संघ ईक्यानले काठमाण्डौंको भृकुटिमण्डपमा यहि असार २६ देखि २९ गते अर्थात (जुलाई ११ देखि १४ ) सम्म ईक्यान बृहत शैक्षिक मेला २०७६ आयोजना हुँदैछ ।

    आज (सोमवार) इक्यानले पत्रकार सम्मेलन गरी शैक्षिक मेलाबाट बिद्यार्थी अभिभावक तथा अन्य सरोकारवालाले अन्तराष्ट्रिय शिक्षा सम्बन्धि सही जानकारी र परामर्श पाउन सकुन् भन्ने अपेक्षासहित यो मेला आयोजना लागिएको जानकारी दिएको छ । यस १३ औं ईक्यान शैक्षिक मेलामा १ लाख भन्दा बढिले विद्यार्थी तथा अभिभावक लाभान्वीत हुन सक्ने इक्यानले जनाएको छ ।

    मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदुतावास तथा कुटनैतिक नियोगहरु लाई समेत आह्वान गरीएको इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले जानकारी दिए । उनले भने– ‘ईक्यान बृहत शैक्षिकमेलामार्फत बैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि अन्तराष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी र विभिन्न देशका शिक्षा नितीहरु नितीमा आएका परीवर्तनहरु, रहरसहन, हावापानी, वातावरण, कलेज एवम् देशअनुसारको शुल्क तथा विदेश अध्ययनका लागी चाहिने सवै विषय बस्तुहरुमा यथार्थ जानकारी प्रदान गर्नेछ ।’

    विगतका मेला भन्दा यस १३ औं ईक्यान मेलामा निकैनै प्रभावकारी ढङ्गले सञ्चालन गरीने र केहि नयाँ विशेषताहरु पनि थप गरीएको इक्यानका सचिव एवं मेला व्यवस्थापन समितिका संयोजक दिपक भुषालले जानकारी दिए । उनले भने– ‘मेलालाई व्यवस्थित र सुविधायुक्त बनाउन मेलामा सहभागीता जनाउने सम्पूर्ण सहभागिहरु, विद्यार्थिहरुलाई प्रदर्शन क्षेत्रमा फ्री वाई फाईको व्यवस्था गर्ने, डष्ट फ्री जोन बनाइने, लाईभ टक शो संचालन गर्ने र मेला अवलोकन गर्न आउने विद्यार्थीलाई उपत्यकाका मुख्य रुटहरुमा निशुल्क यातायात सेवा दिइने छ ।’ ईक्यानको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत मेला अवधिभर रक्तदान कार्यक्रम तथा प्राथामिक उपचार केन्द्र तथा डेन्टल क्याम्प संचालन गर्ने कार्यक्रम पनि रहेको भुषालले बताए ।

    ईक्यानले गत बर्षभन्दा पृथक अनुभुत हुने गरी १३ औं ईक्यान शैक्षिक मेलालाई निकै सभ्य र भब्यरुपमा संचालन गर्ने लक्ष्य लिएको छ । मेलामा ५० औं देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरु सहभागीता रहने जनाइएको छ ।

    बल्र्ड विजनेश म्यानेज्मेन्ट एण्ड कन्सल्ट्यान्ट प्रा.ली. (डब्लुबिएमसी)को ब्यबस्थापनमा मेला संचालन हुनेछ भने मेलाको प्रस्तुति ब्रिटिस काउन्सिल र टाइटल स्पोन्सर राइटपाथ एजुकेशन कन्सल्टेन्सी रहेको छ । करीव ४ सय स्टल रहने वृहत शैक्षिक मेलाका अधिकांश स्टलहरु बुक भैसकेको डब्लुबिएमसीका चेयरम्यान बुद्धि प्रसाद रेग्मिले जानकारी दिए ।

    प्रतिक्रिया
    थप समाचार