Online Nepal सोमबार, बैशाख २४ २०८१

बजेट छलफल सँगै कानून बनाउँदै छौं : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

बजेट छलफल सँगै कानून बनाउँदै छौं : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना


मध्यान्तर
  • सोमबार, जेष्ठ २१ २०७५

  • काठमाडौँ, २१ जेठ– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई आवस्यक पर्ने कानून छिटो बनाउने अभियानमा लागेको बताएका छन् । अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक बागलुङ आएका तिमिल्सिनाले बिधेयक अधिवेसन सकिएर बजेट अधिवेसन शुरु भएपनि कानून निर्माणमा लागि रहेको बताए । ‘बजेटमा पनि छलफल चलिरहेको छ,देशका आवस्यक कानून बनाउने काम पनि भैरहेको छ’ उनले भने, ‘प्रदेश र स्थानीय तहहरु पनि छिटै सक्ष्मम भएर काम गर्न सकुन भनेर लागेका छौं ।’ नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सोमबार उनले सम्बोधन गरेका थिए ।
    स्थानीय तहहरु सरकार र स्वायत्त भएकोले आँफै काम गर्न पनि सक्षम भएको उनको भनाई थियो । स्थानीय तहमा राजश्व संकलन, आवस्यकता अनुसारको काम गर्न कसैले नरोक्ने उनले बताए । केही कानून केन्द्र र प्रदेशबाट आउनुपर्दा ढीला भएको भने उनले बताए । अध्यक्षको नाताले छिटो कानून बनाएर काम गर्ने वातावरण बनाउन पहल गर्ने उनले बताए । त्यस्तै अध्यक्ष तिमिल्सिनाले दुइतिहाई बहुमतको सरकारले गरेको कामबाट राष्ट्रिय सभालाई कुनै अप्ठ्यारो नपर्ने पनि बताए ।

    प्रतिक्रिया
    थप समाचार