Online Nepal बिहिबार, बैशाख २० २०८१

भारतमा आजदेखि लोकसभा चुनाव हँदै

भारतमा आजदेखि लोकसभा चुनाव हँदै


मध्यान्तर
  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौं । छिमेकी भारतमा आजदेखि लोकसभा चुनाव हँदैछ। भारतमा सात चरणमा मतदान हुँदैछ। पहिलो चरणको मतदान आजदेखि सुरू हुन लागेको हो। आज विभिन्न २१ राज्यका १०२ सिटमा निर्वाचन हुनेछ।

    मतदानका लागि केही राज्यहरूको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ। छत्तीसगढमा माओवादीले चुनाव बहिस्कार गरेको छ। त्यहाँ केहीदिनसम्म प्रहरी र माओवादीबीच मुठभेड भएको थियो।

    दोस्रो चरणको मतदानअप्रिल २६ मा हुनेछ। १३ राज्यका ८९ सिटमा दोस्रो चरणमा मतदान हुनेछ।
    तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४ सिटमा हुनेछ। ती सिटहरूमा मे ७ तारिखका दिन मतदान हुने बताइएको छ।

    त्यस्तै चौथो चरणमा १० राज्यका विभिन्न ९६ सिटमा निर्वाचन हुनेछ। ती सिटहरूमा मे १३ तारिखका दिन मतदान हुने भारतीय संचार माध्यमहरुले जनाएको छ

    पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ वटा सिट र सातौं चरणमा विभिन्न ८ राज्यका ५७ सिटका लागि निर्वाचन हुनेछ।

    सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना सुरू गरिने बताइएको । सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने भनिएको छ।

    भारतमा ९६.८ करोड मतदाता छन्। तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको  छ।  सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ।

    यसपालिको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए र कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ।

     

    प्रतिक्रिया
    थप समाचार