Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रधानन्यायाधीशबारे संसदीय समिति नै अलमल

प्रधानन्यायाधीशबारे संसदीय समिति नै अलमल


मध्यान्तर
  • आइतबार, साउन १३ २०७५

  • काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक भोलिलाई सरेको छ ।
    बैठक विहान ८ बजे बोलाइएको थियो । तर, सोमबार दिउँसो २ बजेका लागि सरेको लक्ष्मणलाल कर्णले जानकारी दिए । जोशीको सुनुवाई सकिएको चार दिन भइसक्यो । विगतमा सुनुवाई लगतै निर्णय सुनाउने गरिएको भएपनि यो पटक लगातार दुई वटा बैठक स्थगित हुनुले शंका उब्जिएको छ ।

    सुनुवाइकै क्रममा कामु प्रधानन्यायाधीश समेत रहेका जोशीको शैक्षिक प्रमाणपत्रमाथि पनि प्रश्न उठेको छ । स्रोतका अनुसार सत्तारुढ दल नेकपाले जोशीको नाम अनुमोदन गर्ने(नगर्ने कुनै संकेत आफ्ना सांसदहरुलाई दिएको छैन । ‘अनुमोदन गर्ने हो भने हामी प्रमाणपत्र खोजविनतिर लाग्दैनौं । होइन भने खोज्छौं,’ सुनुवाई समितिमा रहेका नेकपाका एक सांसदले भने, ‘पार्टी नेतृत्वले कुनै सिग्नल नदिँदा बैठक राख्न सकिएन ।’

    प्रतिक्रिया
    थप समाचार