Online Nepal आइतबार, जेष्ठ ६ २०८१

मालेको ३ नम्बर प्रदेश ब्यूरो प्रमुखको जिम्मेवारी कार्कीलाई

मालेको ३ नम्बर प्रदेश ब्यूरो प्रमुखको जिम्मेवारी कार्कीलाई


मध्यान्तर संवाददाता
  • शनिबार, साउन १९ २०७५

  • काठमाडौं । नेकपा मालेको ३ नम्वर प्रदेशस्तरिय बैठक यहि साउन १६ गते पार्टीको कार्यालय केनिद्रय कार्यालय रातोपुलमा सम्पन्न भएको छ । बैठकमा पार्टीले संकल्प रानीतिक अभियानलाई सफल पार्नको लागि ३ नम्वर प्रदेशभित्र ब्यूरोहरु गठन गरिएको छ । उपत्यका पूर्वब्यूरोमा चर्चित युवा नेता तथा नेकपा मालेबाट २०७४को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सवैभन्दा बढी मत ल्याएका मोहन कार्कीलाई इन्चार्ज तोकिएको छ ।

    ३ नम्वर प्रदेशमा नेकपा मालेले ४ वटा ब्यूरो निर्माण गरेको छ । जसमा उपत्यका मध्यपूर्वमा दिनेश खाती, उपत्यका पश्चिमउत्तरमा तिर्थ सिलवाललाई इन्चार्ज तोकिएको छ भने उपत्यका दक्षिणमा इन्चार्ज तोकिएको छैन । तत्कालको लागि दक्षिणमा पोलिटब्यूरो सदस्य भगवती घिमिरेले हेर्ने निर्णय गरिएको छ ।

    नेकपा मालेले ३ नम्बर प्रदेशमा ब्यूरो गठनले पार्टी कृयाकलापलाई अझ प्रभावकारी बनाउन र पार्टीको उचाइ निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने केन्द्रिय सदस्य एवं उपत्यका पूर्वब्यूरो इन्चार्ज मोहन कार्कीले बताए । उनले भने– ‘पार्टीको केन्द्रिय समितिले पास गरेको संकल्प राजनीतिक अभियान सफल पार्न सबै क्षेत्रमा देशभक्ति आन्दोलन सम्बन्धि सबै नेपालीलाई एक बनाउन र सम्बन्ध जोड्न ब्यूरोको योगदान हुनेछ ।

    पार्टीको केन्द्रिय सदस्य मात्र नभइ राष्ट्रियताको सवालमा हार्डलाइनरको छवि भएका युवा नेता कार्कीले उपत्यका पूर्वब्यूरोको जिम्मेवारी सम्हालेपछि आम जनतामाझ पार्टीको उपस्थिती बलियो हुने नेकपा मालेले विश्वास लिएको छ ।

    २०७४ को प्रदेश र प्रतिनिधिसभामा नेकपा मालेले नराम्रो पराजय व्यहोरेपछि दाङमा भएको सातौं राष्ट्रिय परिषदबाट हामि फेरी उठ्नेछौं भन्ने नारा बोकेर पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहि अनुरुप पार्टीले जनवर्गिय संगठनलाई ताजगी बनाउँदै राष्ट्रिय स्तरमा देशभक्ति राष्ट्रवादी शक्तिहरुको एकिकृत मोर्चा तयार गर्दै नेपालको विशिष्ठतामा आधारित राजनीतिक चिन्तन लागु गर्ने नीति लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार