Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ग्वारखोलाले बस बगाउँदा ११ जना घाइते

ग्वारखोलाले बस बगाउँदा ११ जना घाइते


मध्यान्तर
  • सोमबार, साउन २१ २०७५

  • घोराही । दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

    आइतबार साँझ कैलालीको धनगढीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बस खोलामा बगेको हो । घाइतेहरुको तुलसीपुरमा उपचार भइरहेको छ ।

    डिएसपी प्रकाश सापकोटाले धमिलो पानीमा बसले कचवे पत्ता लगाउन नसक्दा बगेको बताए ।

    घोराही-तुलसीपुर-लमही सडकखण्डमा पर्ने ठूला खोलाहरुमा निर्माणाधीन पुल अलपत्र हुँदा आवतजावतमा कठिनाइ भएको छ । घोराही–तुलसीपुर सडकखण्डमा बबई, कटुवा, सेवार, गुर्जे, ग्वार लगायतका ठूला खोलाहरु पर्दछन् ।

    प्रतिक्रिया
    थप समाचार