Online Nepal सोमबार, बैशाख १७ २०८१

महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित

महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परिक्षकमा तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ ।

    मंगलबार भएको सुनवाइपछि समितिले रायलाई अनुमोदन गरेको हो ।

    संवैधानिक परिषद्‌ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

    गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

    यसअघि रायले अर्थ सचिवको जिम्मेवारी सम्हालिसकेका छन् । अर्थसचिव हुनुअघि राय वाणिज्य सचिव थिए । उनीसँग जिल्ला प्रशासन अधिकारी, भन्सार बिभागको महानिर्देशकको अनुभव छ ।

    प्रतिक्रिया
    थप समाचार