Online Nepal सोमबार, बैशाख १७ २०८१

सुदूरपश्चिमका मुख्यमन्त्रीमा दुवैको दाबी अस्वीकृत

सुदूरपश्चिमका मुख्यमन्त्रीमा दुवैको दाबी अस्वीकृत


मध्यान्तर
  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । सुदूरपश्चिमका प्रदेशका दुई मुख्यमन्त्रीका दाबी अस्वीकृत भएको छ । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका हुन् ।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    तर दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै थप पुन: २ दिन समय बैशाख ६ गतेसम्मको समय दिएर फेरि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

    यस्तो छ प्रदेश प्रमुखको पत्र :

     

     

    प्रतिक्रिया
    थप समाचार