Online Nepal सोमबार, बैशाख २४ २०८१

कतारका अमिर र प्रधानमन्त्री ‘प्रचण्ड’बीच द्विपक्षीय वार्ता हुँदै

कतारका अमिर र प्रधानमन्त्री ‘प्रचण्ड’बीच द्विपक्षीय वार्ता हुँदै


मध्यान्तर
  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौं । हिजोदेखी नेपाल भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुँदैछ । आज सोल्टी होटलमा बिहान १० बजे द्विपक्षीय वार्ता हुने जनाइएको छ ।

    दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

    यसअघि हिजो अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा सोल्टी होटलमा राजकीय भोजको आयोजना गरेका थिए ।

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार