Online Nepal शनिबार, बैशाख २२ २०८१

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै


मध्यान्तर
  • बिहिबार, बैशाख १३ २०८१

  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक बस्दै छ ।

    सत्तारूढ दल्गरुको सहमतिअनुसार नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ।

    एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ।

    बुधबार माओवादी केन्द्रले रणसिंह परियारलाई सरकारमा पठाएको थियो। उनलाई मुख्यमन्त्री कँडेलले विना विभागीय मन्त्री बनाएका थिए। बुधबार नै उनले सपथ लिइसकेका छन्।

    चैत २७ गते मुख्यमन्त्री बनेका कँडेलेले मन्त्रालयको भागबन्डा टुंगो लागेपछि मंगलबार नै विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए।
    ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन्।

    मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ।

     

    प्रतिक्रिया
    थप समाचार