काठमाडौँ । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारीले जनाएका छन् ।
स्थानीय र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएका थिए । उनी घर फर्केपछि स्थानीय र प्रहरीलाई जानकारी गराइएको थियो ।
घटना बारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको सूचना अधिकारी प्रहरीले जनाएको छ ।