Online Nepal सोमबार, फाल्गुन २५ २०८२

धनुषा -१ को मत परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

धनुषा -१ को मत परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन


मध्यान्तर
  • सोमबार, फाल्गुन २५ २०८२

  • काठमाडौं । निर्वाचन आयोगले धनुषा -१ को मत परिणाम सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले सो क्षेत्रको निर्वाचन अधिकृतलाई मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको हो।

    सम्मानित सर्वोच्च अदालतले प्राथमिकतामा पर्ने गरी पेसी तोक्ने भनी भएको आदेश बमोजिम धनुषा निर्वाचन क्षेत्र नं.१ को निर्वाचन परिणामको सम्बन्धमा सम्मानित अदालतबाट अन्यथा आदेश भएमा सोही बमोजिम हुने गरी हाल उमेदवार कायम रहेका उमेदवारले प्राप्त गरेको मत परिणाम घोषणा गर्न भनी धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं।. १ का निर्वाचन अधिकृतलाई निर्देशन दिने,आयोगले भनेको छ ।

    धनुषा क्षेत्र नम्बर १ रास्वपाका उम्मेदवार किशोरी साहको कालोसूचीका कारण आयोगले उमेदवारी खारेज गरेपछि उनी सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सोमबार सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा निवेदकका कानुन व्यवसायीले गरेको बहसपछि आउँदो शुक्रबार अन्तरिम आदेशमा छलफलका लागि आयोगलाई डाकिएको छ ।

    प्रतिक्रिया
    थप समाचार