Online Nepal सोमबार, फाल्गुन २५ २०८२

राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय सभाका नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ


मध्यान्तर
  • सोमबार, फाल्गुन २५ २०८२

  • काठमाडौँ  । माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    विशेष समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले नव निर्वाचित सदस्यहरूलाई शपथ गराएका हुन्। माघ ११ गते भएको निर्वाचनबाट १८ जना नयाँ सांसद निर्वाचित भएका थिए। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार यही फागुन २० गते १९ जना सांसदको कार्यकाल सकिएको थियो। रिक्त रहेको एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ।

    माघ ११ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच तालमेल भएको थियो। सोही तालमेलअनुसार कोशी प्रदेश बाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल निर्वाचित भएका छन्।
    त्यसैगरी मधेश प्रदेश बाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका छन्। बागमती प्रदेश बाट गीता देवकोटा र डा. प्रेम दंगाल, गण्डकी प्रदेश बाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेश बाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन्।

    यसैगरी कर्णाली प्रदेश बाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेश बाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका छन्।

    प्रतिक्रिया
    थप समाचार