Online Nepal आइतबार, बैशाख २३ २०८१

कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्‍याउने

कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्‍याउने


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  •  काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्‍याउने निर्णय गरेको छ।

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले महर्जनलाई महानगर प्रमुखको उम्मेदवार बनाएका छन्।

    महर्जनलाई फेरि महानगर प्रमुखका लागि उम्मेदवार बनाइएको उनका स्वकीय सचिव इन्द्र महर्जनले पुष्टि गरेका छन्।

    उनले साढे १२ बजे जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको तयारी भइरहेको पनि बताए।

    २०७४ को निर्वाचनमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गर्दै महानगर प्रमुख बनेका थिए। महर्जनले २४ हजार ६४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार