Online Nepal आइतबार, बैशाख २३ २०८१

मैले जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्छु : सृजना सिंह

मैले जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्छु : सृजना सिंह


मध्यान्तर
  • सोमबार, बैशाख १२ २०७९

  • काठमाडौं ।  कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली उम्मेदवारी दर्ता गराएकी छन् ।

    सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन् । उनले आफूले निर्वाचन जितेमा गृहिणी भत्ता र विधुर भत्ताको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकका लागि अस्पताल सञ्चालन गर्ने योजना रहेको बताइन् ।

    उनले काठमाडौं बाहिरका नागरिकका लागि रोजगारीको व्यवस्था गर्ने, कामकाजी महिलाका छोराछोरीका लागि डे केयर स्कुल सञ्चालन गर्ने पनि सुनाइन् ।

    आफू प्रकाशमान सिंहको पत्नी मात्र नभई उनीसँग चिनजान अघिदेखि प्रजातन्त्र प्राप्तीको आन्दोलनमा लागेको पनि नेतृ सिंहले बताइन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार