Online Nepal शनिबार, बैशाख २२ २०८१

बाजुरामा हवाई फायर ,मतदानका क्रममा विवाद

बाजुरामा हवाई फायर ,मतदानका क्रममा विवाद


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा विवादको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । मतदान गर्न १०/१० जना गरेर भित्र पठाउने क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा दुई पक्षका प्रतिनिधिबीच विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

    बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले दिएको जानकारी अनुसार, ‘विवाद भएपछि स्थितिलाई अप्रिय हुन नदिन प्रहरीले हवाइ फायर गरेको हो, अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।’ उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२:३५ देखि पुनः सुरु भएको छ ।

    गत ३० वैशाखमा भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर पुनः अहिले मतदान भइरहेको छ । अहिले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक ९इन्स्पेक्टर० को नेतृत्वको टोली परिचालन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार