Online Nepal शनिबार, बैशाख २२ २०८१

अन्तरघातले चुनाव हारियो : प्रचण्ड

अन्तरघातले चुनाव हारियो : प्रचण्ड


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र अन्तकलह भएको स्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले स्थानीय तह निर्वाचनको पराजयको कारण पनि अन्तरघात भएको बताए।

    “पार्टीभित्रकै अन्तरघातले हारियो । पार्टी बनाउन नसक्नु, उमेदवार छान्न नसक्नु हो,” उनले भने, “अबको चुनावमा कम्युनिस्टमा पहिलो पार्टी हामी बन्छौं । देशको दोस्रो पार्टी माओवादी बन्छ ।”

    उनले पार्टीभित्र समूहगत वर्ग र गुट भएको भन्दै एकअर्कालाई परास्त गर्दा खुसी हुने देखियोको भन्दै दुखेसो पोखे । “एकले अर्कालाई हराउनेतिर गयो । सबैले सबैलाई कारबाही गर्नुपर्छ भनेपछि कोकसी गर्नु,” उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार