Online Nepal आइतबार, बैशाख २३ २०८१

एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिकालाई पठाइयोस् : देव गुरुङ

एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिकालाई पठाइयोस् : देव गुरुङ


मध्यान्तर
  • बिहिबार, असार २३ २०७९

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन् ।

    मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । गृह मन्त्रालयमार्फत यो पत्र परराष्ट्र मन्त्रालयमा पुगेको छ, तर अझै अमेरिकालाई पठाइएको छैन ।

    बिहीबार प्रतिनिधिसभाको शून्य समयमा माओवादी प्रमुख गुरुङले यो पत्र तत्काल पठाइनुपर्ने बताए । अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने क्रममा संसदले गरेको १२ बुँदे ब्याख्यात्मक घोषणालाई अमेरिकाले अहिलेसम्म स्वीकार नगरेको भन्दै उनले यसबारे पनि प्रष्ट हुनुपर्ने बताए । १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार गरे मात्र एमसीसीका कार्यक्रम अघि बढ्ने प्रमुख सचेतक गुरुङले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार