Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

ओलीसँग कुरा गर्न १ लाख १३ हजारले दिए नम्बर

ओलीसँग कुरा गर्न १ लाख १३ हजारले दिए नम्बर


मध्यान्तर
  • बुधबार, कार्तिक २ २०७९

  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न एक लाख १३ हजार जनाले नाम र फोन नम्बर पठाएका छन् ।

    अध्यक्ष ओलीले मंगलबार साँझ कात्तिक ४ गते आफुसँग टेलिफोनमा संवाद गर्न चाहने सर्वसाधारणलाई फोन र नाम पठाउन आफ्नो फेसबुकमार्फत आव्हान गरेका थिए । ओलीले बुधबार पौने चार बजे हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएको भन्दै उत्साहपूर्ण सहभागिताले खुसी भएको बताएका छन् ।

    ‘हालसम्म १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताले खुसी छु । धेरै नाम आएकोले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं । नाम र नम्बर त टिपाउनु भयो नि रु’, उनले नाम र नम्बर टिपाउने समय थप गर्दै बिहीबार दिउँसो १२ बजेसम्म रहेको जनाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार