Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

ओली भन्छन्– युवाका कुरा सुनौँ

ओली भन्छन्– युवाका कुरा सुनौँ


मध्यान्तर
  • मंगलबार, कार्तिक १५ २०७९

  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानका क्रममा जनताका कुरा सुन्नुपर्ने बताएका छन् । युवाका कुरा विशेष रूपमा सुन्नुपर्नेमा उनले जोड दिएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उनीहरूका कुरा सुनेर आफूहरूले अगाडि सारेका योजना बताउनुपर्ने उल्लेख गरेका छन् । चुनावी अभियानमा रहेका पार्टीका नेता–कार्यकर्तालाई उनले यस्तो निर्देशन दिएका हुन् ।“यस अभियानमा हामीले जनताका कुरा सुन्ने र अझ युवाका कुरा सुन्ने गर्नुपर्छ, अनि हामीले अगाडि सारेका योजनाहरू बताउने गर्नुपर्छ,” उनले लेखेका छन् ।

    अध्यक्ष ओलीले चुनावी अभियानका रचनात्मक तस्बिरहरू आफूलाई फेसबुकमा पठाउन आग्रह पनि गरेका छन् ।“सबै साथीहरूले आफ्नो चुनावी अभियानका रचनात्मक तस्बिरहरू यहाँ पठाउन सक्नुहुन्छ,” उनको फेसबुक पोस्टमा भनिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार