Online Nepal बिहिबार, बैशाख २० २०८१

विचारबिनाको संगठन जमघट मात्रै हो : ओली

विचारबिनाको संगठन जमघट मात्रै हो : ओली


मध्यान्तर
  • बुधबार, माघ ११ २०७९

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचारबिनाको संगठन जमघट मात्रै हुने बताएका छन्।

    बुधबार एमाले स्कुल विभागको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘विचारमा संगठित भएर मात्रै मान्छे संगठित हुन्छ। नत्र मान्छे संगठित हुँदैन। त्यो जमघट मात्रै हुन्छ।’

    उनले विचारमा संगठित भएर संगठनलाई सुदृढ गर्नुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले योजनावद्ध तरिकाले संगठन सुदृढीकरण गर्नुपर्ने बताउँदै नीति र व्यवहारमा सुधार गर्न कार्यकर्तालाई निर्देशन दिए।

    उनले किसानले विद्यार्थीका मागमा डेलिगेसन गरेजस्तै विचारविहीन संगठन र संस्था बनाउने प्रचलन बढेको टिप्पणी गरे।

    ‘किसानहरूले विद्यार्थीका मागहरूमा डेलिगेसन गर्दै हिँडेर, बुझेको पनि हुँदैन पार पनि लाग्दैन’, उनले भने, ‘विद्यार्थीले किसानका माग र डेलिगेसन गरेर त्यति ठूलो अर्थ हुँदैन।’ओलीले विरोधीहरूले भ्रम फिँजाउने गरेको बताउँदै आफ्नो विषयमा केन्द्रित गर्न नदिने बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार